आगामी चुनाव पछि समाजवादी पार्टी देशकै पहिलो पार्टी बन्छः नेता तिवारी

काठमाडौ ५, भदौ । सत्तारूढ दल समाजवादी पार्टीका विज्ञ सदस्य नारायण तिवारीले आगामी निर्वाचन पछि आफनो पार्टी पहिलो बन्ने दावी गरेका छन् । आज रिपोर्टर्स क्लव नेपालमा पत्रकारहरु संग कुरा गर्दै यस्तो कुरा बताएका हुन् ।

नेपाली जनताहरुले अन्य पार्टीहरुको कार्यशैली भोगिसकेकोले अवको बिकल्प समाजवादी पार्टी भएको नेता तिवारीको दावी छ । नेपालमा बिभिन्न पार्टीका सरकार बनेपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाई छ ।

साथै उनले पार्टी सरकारमा गएको एक वर्ष भन्दा पनि बढि भैसकेको अवस्थामा पनि अहिलेसम्म संविधान संशोधन प्रक्रिया नबढाएकोमा उनले असन्तुष्टि पोखे ।

‘अब पनि सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाएन भने हामी सरकारमा बसिरहँदैनौं’–उनले भने,‘त्यसैले हामी अब अन्तिम पर्खाईमा छौं । अब संशोधन प्रक्रिया ढिलाई नगरी अघि बढाउनु पर्नेमा उनको भनाई छ ।

Source: khabarbreaking.com

Visits: 765