समाजवादी पार्टीका नेता र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं– २२ अगष्ट २०१९ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार समाजवादी पार्टीका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
उनले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका हुन् ।

भेटका क्रममा नेपाल भारत सम्बन्धका बारेमा दुई पक्षीय कुराकानी भएको अध्यक्ष भट्टराईले जनाएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकर र बाबुराम जेएनयुका विद्यार्थी साथीसमेत भएकाले पुराना कुराहरुको रोचक स्मरण पनि गरिएको भट्टराईले जनाएका छन् ।

Source: sarbajanik.com

Visits: 824