
हुम तमू
पाेखरा- समाजवादी पार्टीको नेपाल समाजवादी यातयात मजदुर संघ कास्कीकाे प्रथम जिल्ला भेलाले गणेश रम्तेलको अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा बुद्ध लामा, सचिवमा बिराट पौडेल, सहसचिवमा सुरेन्द्र बिक र कोषाध्यक्षमा खुसबहादुर तामाङ चयन भएका छन् ।
पोखरामा सम्पन्न भेलाले समितिको सदस्यहरुमा कुमार श्रेष्ठ, सन्तोष लामा, पदम घर्ती, जय लामा, सुजन खड्का, दिपक कार्की, सुरेसबहादुर थापा मगर, सुजन लामा, सुर्य गिरी, बन्धु अर्याल, संजय लामा, गंगी क्षेत्री मिलन थापा मगर, कृष्णबहादुर घर्ती र शेरबहादुर थापा चयन गरेकाे हाे ।
यस्तैगरी सल्लाहकारहरुमा केशव थापा, टेकबहादुर जिसी, बीरबहादुर तामाङ र दीपक बोगटी छन् ।
प्रमुख अतिथि नेपाल समाजवादी ट्रेड युनियन केन्द्रीय महासचिव रिम बस्यालले भेलाका उद्घाटन गर्दै मजदुरको हकहित, अधिकार, न्याय, समानताका लागि गठित पार्टी नै समाजवादी पार्टी भएको दावी गरे ।
आजसम्मका पार्टी र तिनका ट्रेड युनियनहरु मजुदरलाई लुटेर नेतालाई चुनाव खर्च भर्ने पार्टीको रुपमा चरितार्थ भएको उनकाे आरोप छ । मजदुरसँग सहयोग संकलन गरी राजनीतिक दलका नेतालाई चुनाव जिताउने मजदुरहरुले न्युनतम पारिश्रमिक समेत नपाएकाे र उनीहरुकै दासत्व स्विकार्नुपर्ने अवस्था रहेको उनले बताए ।
भेला आयोजक समितिका संयोजक केशव थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी केन्द्रीय सदस्य तथा गण्डकी अध्यक्ष मोती रिजाल, गण्डकी प्रदेश समिति उपाध्यक्ष काशीमाया गुरुङ, समाजवादी ट्रेड युनियन गण्डकीका संयोजक शिव अधिकारी, मजदुर नेता झलक पौडेल, समाजवादी निर्माण मजुदर संघ केन्द्रीय उपाध्यक्ष भिम मगराती, लगायतले शुभकामना व्यक्त गरेका थिए ।
Source: sarbajanik.com