समाजवादीको टेम्के मैयुङ गाउँपालिका समायोजन, अध्यक्षमा दिपचन्द्र

भोजपुर । ३१ अगष्ट २०१९ । समाजवादी पार्टी भोजपुरस्थित ट्याम्के मैयुङ गाउँपालिकामा समायोजना सम्पन्न भएको छ ।

समायोजनपछि दिपचन्द्र राईको अध्यक्षतामा ४९ सदस्यीय समिति घोषणा गरिएको छ ।

समितिको उपाध्यक्षमा विदेन राई, सचिवमा छिवाबुङ वाली राई, सहसचिवमा दिवस राई कोषाध्यक्षमा रामप्रसाद राई चयन भएका छन् ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज गोपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय सदस्य रामसिंह राई, जिल्ला अध्यक्ष आशकुमार राई, उपाध्यक्ष प्रसन्न राई, सचिव नरराज काङमाङ, प्रदेश सदस्य मिना राई, जिल्ला सदस्य दिनेश राई लगायतको सहभागिता थियो ।

सो अवसरमा नेकपा नेता सुरज राई र पाण्डब राई समाजवादीमा प्रवेश गरेका छन् ।

Source: sarbajanik.com

Visits: 724