सुनसरीमा सयौं कार्यकर्ता समाजवादीमा प्रवेश


धरान, ९ मंसिर २०७६ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका केन्द्रीय युवा उपकमान्डर प्रेम गुरुङ समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

गुरुङका साथै मञ्चको सुनसरी जिल्लाका पूर्व जिल्ला उपाध्यक्ष रितेश लिम्बू, धरान उपमहानगर समितिका अध्यक्ष पूर्ण राई, सचिव समिर राई पनि समाजवादीमा प्रवेश गरेका छन् ।

सोमबार धरानमा आयोजित समाजवादीको चुनावी सभामा उनीहरु समाजवादीमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस निकट तरुण दल धनकुटाका पूर्व जिल्ला सचिव विश्वास मगर समेत समाजवादीमा प्रवेश गरेका छन् ।

सो कार्यक्रममा २६७ जना समाजवादीमा प्रवेश गरेको सागर लिम्बूले उल्लेख गरेका छन् ।

समाजवादीका वरिष्ठ नेता अशोक राईले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।

Visits: 495