खोटाङमा नेकपा र कांग्रेसका युवाहरु समाजवादीमा प्रवेश

खोटाङ । २९ डिसेम्बर २०१९ । । खोटाङमा युवाहरुबीच राम्रो छबी बनाएका चार जना युवा समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

नेकपानिकट समाजसेवी नेता रामकुमार राई (हात्तिधन), नेपाली कांग्रेसका क्रियाशिल युवाहरु रुपिन राई र परिमान राई र युवा व्यक्तित्व रामकाजी राई समाजवादीमा प्रवेश गरेका हुन् ।

शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोपामा आयोजित समाजवादी पार्टी समायोजन कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई समाजवादीको खोटाङ जिल्ला उपाध्यक्ष मणि राई, सहसचिव टिकाराम राई र नगर उपाध्यक्ष कृष्ण थापा लगायत नेताहरुले स्वागत गरेको विद्यार्थी नेता रविन खम्बूले बताए ।

समायोजन
समाजवादी पार्टीको दिक्तेल रुपाकोट मझुवागढी वडा नं ७ समिति समायोजन गरिएको छ । शनिबार तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीको वडा समितिबीच समायोजन गरिएको हो । जसबाट उत्साह राईको अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरिएको छ ।

समायोजनपछि समितिको उपाध्यक्षमा शिव गुरुङ, दिलबहादुर क्षेत्री र रामकुमार राई, सचिवमा नन्दराज राई, सहसचिवमा रुपिन राई र कल्पना श्रेष्ठ, कोषाध्यक्षमा मनिकला राई चयन भएकी छन् ।
समाजवादी पार्टी खोटाङ जिल्ला उपाध्यक्ष मणि राईको प्रमुख आतिथ्यतामा समायोजन सम्पन्न भएको हो ।

News source: sarbajanik.com

Visits: 372