कांग्रेस नेकपा र राजपाका कार्यकर्ता समाजवादीमा प्रवेश

काठमाडौं । २८ डिसेम्बर २०१९ । नेकपा, नेपाली कांग्रेस र राजपाका मजदुर कार्यकर्ताहरु पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सयौंको संख्यामा कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनीहरु समाजवादी ट्रेड युनियन महासंघ अन्तरगत रहनेछन् ।

समाजवादीमा प्रवेश गरेकाहरुलाई समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अविर लगाएर स्वागत गरेका छन् । सो क्रममा उनले समाजवादी पार्टी वैकल्पिक राजनीतिक शक्ति भएको बताए ।

उनले कांग्रेस कम्युनिष्टको विकल्पमा भएको राजनीतिक शक्तिमा ध्रुवीकृत भएका कार्यकर्ताहरुलाई इमान्दार भएर काम गर्न निर्देशन पनि दिए ।

news source: www.sarbajanik.com

Visits: 514