लिम्बुवान प्रदेश प्रवास संगठन दक्षिण काेरियाकाे अध्यक्षमा शेर्मा

दक्षिण काेरिया, २३ पुस । लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिती दक्षिण कोरियाको प्रथम अधिवेशन सम्पन्न भएको छ । लिम्बुवान प्रदेश प्रवास सम्पर्क समिति समाजवादी पार्टीको प्रवास संगठन नेपाली समाज दक्षिण कोरिया सम्बद्द जनवर्गीय संगठन हो ।

जातीय मुक्तिका लागि संघीयता, वर्गीय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ यही ६ जनवरीमा राजधानी सौल स्थित नेपाल हाउसमा अधिवेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनमा पार्टीमा प्रवेश गर्नेहरु समेत लर्को लागे । अधिवेशनबाट युगल किशोर शेर्माको अध्यक्ष्यतामा १३ सदस्य कार्य समिति सर्वसहमतिबाट चयन गरिएको छ ।

सम्पूर्ण नवनिर्वाचित कार्य समिति सदस्य, पदाधिकारीहरूलाई कोरियाको केन्द्रीय अध्यक्ष महिन्द्र राईले बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

नवनिर्वाचित कार्यसमिति
१. अध्यक्ष – युगल किशोर शेर्मा
२. वरिष्ठ उपाध्यक्ष – बिक्रम नेम्वाङ
३. उपाध्यक्ष – नवराज तामाङ
४. सचीव – नुबेन्द्र थाम्सुहाङ्ग
५. सह-सचिब – सुरेस आङ्देम्बे
६. कोषाध्यक्ष – सुबास आङ्देम्बे
७. सहकोषाध्यक्ष – कमल खुदाङ
८. सदस्य – सपना सेलिङ
९. सदस्य – हर्कराज फागो
१०. सदस्य – हाङराज नेम्वाङ
११. सदस्य – पुरन चोङबाङ्ग
१२. सदस्य – पुस्पा राई
१३. सदस्य – मोहन जबेगु

सल्लाहकारहरु….
१४. गजेन्द्र शेर्मा
१५.नोगेन नेम्बाङ्ग
१६. राज चेम्जोङ
१७. पबित्र थेबे

Visits: 3985