खोटाङको दिक्तेल, केपिलासगढी र बराहपोखरीमा विसु अभियान

व्यवसायी युवा प्रज्वल राई समाजवादीमा प्रवेश

खोटाङ । समाजवादी पार्टीको तिनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत मंगलबार खोटाङको तीन वटा स्थानीय तहमा कार्यक्रम सम्पन्न भएको छ ।

समाजवादी पार्टीका खोटाङका विद्यार्थी नेता रविन खम्बुका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र बराहपोखरी गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

दिक्तेल मझुवागढी नगरपालिकाको दिक्तेलमा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य रमेश राईले पार्टीको विचार र कार्यक्रमबारे प्रशिक्षण दिए ।

जसमा अर्का केन्द्रीय सदस्य तथा प्रदेश १ का सचिव सुर्यबहादुर राई र प्रदेश १ कै सदस्य नविन राईले समेत समाजवादीको नीति, विचार र कार्यक्रमबारे प्रष्ट पारेका थिए ।

सोही कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका टेम्माका व्यवसायी युवा प्रज्वल राई समाजवादी पार्टीमा प्रवेश गरे । उनलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रमेश राईले स्वागत गरे ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य खम्बुका अनुसार केपिलासगढी गाउँपालिकामा समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई र बराहपोखरी गाउँपालिकामा समाजवादी पार्टीको खोटाङ जिल्ला अध्यक्ष टंक थापाले विसु अभियान अन्तर्गत प्रशिक्षण दिएका छन् ।

– www.sarbajanik.com

Visits: 699