समाजवादीको प्रवास विषेश प्रदेश समिति घोषणा हुदै

आज २५ फेब्रुवरी २०२० का दिन समाजवादी पार्टीको प्रवास अंग प्रवास बिषेश प्रदेश समितिको घोषणा हुने भएको छ ।

परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता असोक राई, सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ लगायतको उपस्थितीमा काठमाडौं नयाँ वानेश्वरको अल्फाहाउसबाट प्रवास विषेश प्रदेश समिति घोषणा हुनेकुरा इन्चार्ज आङकाजी शेर्पाले बताउनु भएको छ ।

संघीय समाजवादी फोरम नेपालको २१ मुलुकमा निर्माण भएको प्रवास अंग संघीय नेपाली समाज र १९ मुलुकमा गठन भएको नयाँशक्ति पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजको समायोजन जारी रहेको बेला २१ मुलुकमा निर्माण भई संचालनमा रहेका समितिहरुलाई एक प्रदेशको रुपमा मान्यता दिदै प्रवास विषेश प्रदेश समितिको घोषणा गर्न लागिएको हो ।

समाजवादी पार्टीको ७ वटा भौगोलिक प्रदेश, १ गैर भैेगोलिक प्रदेश र १ प्रवास बिशेष समिति रहने ब्यवस्था रहेको छ भने पहिचानमा आधारित प्रादेशिक संरचनाका रुपमा १० बटा राष्ट्रिय समिति र १ शिल्पी विशेष समिति रहेका छन् ।

युके, युएसए, हङकङ, कतार, कुवेत, दक्षिण कोरिया, जापान, इजरायल, पोर्चुगल, बेल्जियम, जर्मनी, फ्रान्स, साइप्रस, मकाउ, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, जर्मनी, क्यानडा, नेदरल्याण्ड, मलेशिया, अष्ट्रेलिया, बहराईन लगायतका मुलुकहरुमा पार्टीको प्रवास अंग सक्रिय रहेका छन भने दुवै पार्टीलाई समायोजन गरि नेपाली समाज नामाकरण गरिएको छ । कुनै मुलुकहरुमा नेपाली समाज अगाडि नै नामकरण गरि संचालनमा रहेको अवस्थामा समाजवादी उल्लेख गरेरर संचालन शुरु भएको छ ।

प्रवास विशेष समितिमा एक अध्यक्ष, पाँच उपाध्यक्षहरु, एक मुख्यसचिव, तीन सचिव र एक कोषाध्यक्ष लगायत ११ पदाधिकारी रहने जनाईएको छ । त्यस्तैगरि २१ वटा मुलुकका अध्यक्षहरु पदेन सदस्य रहने र प्रवासमा रहनुहुने केन्द्रीय सदस्य तथा सल्लाहकारहरु समेत आवश्यकता अनुसार ९९ जना सम्म रहेको समिति बनाईने जनाईएको छ ।

– विश्वास दीप तिगेला

Visits: 515