नेकपा र नेकाका सयौँ नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

काठमाडाैँ – ३१ अगष्ट २०१९ । सत्तारुढ दल नेकपा र नकाका सयौँ नेता तथा कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । नेकपा र नकाको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले समाजवादी पार्टी प्रवेश गरेका हुन् । शुक्रबार आयोजित पार्टी प्रवेश समारोहमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

समाजबादी पार्टीको गण्डकी प्रदेश,कास्की जिल्ला अनि पोखरा महानगरका सदस्यहरुलाइ सपथ ग्रहण गराउँदै नेकपा र नेका पार्टीका २ सय ५० सक्रिया नेता तथा कार्यकर्ता पार्टी प्रवेग गरेका हुन्। पार्टी प्रबेश गर्नेहरुमा अशोक बि क (बागलुङ नेका), भिम परियार (कास्की, नेकपा), महेश पन्त (अधिवक्ता,तनहु, नेका), मधुकर न्यौपाने (कास्की, नेकपा) गोपीकान्त नेपाली (कास्की ९ सामाजिक अभियन्ता प्रध्यापक), पुर्णभद्र गौतम (कास्की, नेकपा) लगाएत २५० जना नबप्रबेशीहरुलाइ पार्टीमा स्वागत गर्दै बधाई दिइएको छ।

पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराई, उपप्रधान मन्त्री एवं स्वास्थ्य मन्त्री समेत रहेका मा. उपेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

Visits: 437